सबै पोखिदिन्छु आजु त मेरो शब्दहरुमा, भनदै नयन तल्लो कोठामा ओलिर्न्छ। आजकल ऊ झर्किन थालेको छ, प्रश्न शोध्नु भनेको नयनको उच्च आवाज सुन्नु हो। सँधै खुशी बस्ने मान्छे, अरूलाई हसाउँने अनि भनौं उसको निम्ति जिन्दगी सजिलो थियो। तर कसले बुझ्ने मान्छेको मन? अरूलाई हसाउँने मान्छे आफू भित्रै रून्छन्। बसेर आफ्नो डायरी निकाल्दा निकाल्दै, नयन...नयन... भनी हजूरबाले उसलाई बोलाउँछन्। हजूर भन्दै, नयन हजूरबाको अघाडि...तन बस्छ यहाँ मन बस्छ कहाँ भने जस्तै गरी उभन्छ। प्रश्नहरूको भुवँरीमा फसेका नयनका ती नयनहरूले हजूरबाको प्रश्नहरू भन्दा आफ्नो प्रश्नहरूको उत्तर खोजी रहेको छ। कसरी पस्नु अरूको मनभित्र? मान्छेको मन त झन् विशाल छ यो आकाश जस्तो। कतिको मनमा पस्नु र किन? मन त आफ्नो हो, न त भगवानले नै देख्दछ न त कसैले। तरै पनि अड़कल काट्दै हामी अरूको व्यवहारका रेखा कोर्छो।
नयन भने सँधै प्रफूलित बस्ने, अरूलाई प्रोत्साहान दिने अनि सबैलाई प्रेम गर्ने मान्छे, कतिपय कुराहरूले उसलाई सताईरहेको छ। व्यवहार भने उसको आजकल निकै बद्लेको छ। अस्ती मात्रको कुरा हो, नयन आफ्नो हजूरबासँग मुख लाग्दै ...अहँ तपाई मान्छे बनिएको छैन, एसो बूढ़ेशकालमा बिहान उठेर भगनावको नाम लिनुहहोस् न.....भन्दै थियो।
उसको हजूरबाको पनि के दोष, 87 वर्ष पुगेका अनि भएन परार साल मात्रै हजूरआमा बित्नु भएको। सायद बूढ़ेशकालले सताएको होला र नै मनमा नाना थरीका सोंचहरू खेलाउँदै अनि त्यही सोंचलाई वास्तविकता सम्झी हजूरबा सँधै नयनलाई प्रश्नहरू शोध्नु हुन्छ। ...भाई मलाई के भयो? भन्ने प्रश्न त झन् हजूरबाको मुँखमै छ आजकल। दाहिने पटिको कानले मात्र सुन्न सक्छन्, त्यो पनि कराएर बोल्नु पर्छ। प्राय: जसो वाक्य दोहराउनु पर्ने र नजिकबाट नै बोल्नु पर्ने अवस्था छ। मान्छेहरू बूढ़ो भएपछि नानीहरू जस्तो हुन्छ भन्छन्, हुनु पनि होला किनकि हजूरबाको व्यवहार देख्दा नयनले पनि त्यही भन्छ, अझ उसको भनाईमा त नानीहरूले भन्दा बूढ़ा पाँखाहरू धेरै दंगाउँन सक्छन्। नानीहरू त रून्छन् तर बूढ़ा पाँखाहरू भने बोल्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा काँखको नानीले उसलाई के भइरहेको छ भनेर शब्दहरूमा भन्न थाले कस्तो हु्न्छ? नानीहरू एकछिन् रूँदा नै सबैजना अतालिन्छन् र स्याहार गर्न पुग्छ। सायद बूढ़ेशकाल भएपछि पनि त्यस्तै होला, सबैको मायाको आशा, स्नेह, प्रेम अनि दुइ चार मिठो शब्द।
हजूरबाले प्रश्न गर्दा नयनले आफ्नो जवाफमा उत्तर मात्र होइन तर माने पनि बताउँछ।
खै कस्तो अवस्था हो मानिसहरूको पनि, परिस्थितिमै बाच्ँनु पर्ने फेरि भएन मृत्यु पनि कमजोर नआएसम्म हजूरबा भन्दै त्रासित नयऩ भान्साघरमा खाना बनाउँन पस्छ।

Comments
Post a Comment